तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले राजीनामा नदिए विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट  राजीनामा दिएर बाटो खोलिदिन अनुरोध गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त नगरे एमालेले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको एमाले सचेतक सुनिता बरालले जानकारी दिनुभयो । 

अल्पमतमा परेको प्रचण्ड नेतृत्वको सरकारले विभिन्न राजनीतिक नियुक्ति तथा निर्णय गरिरहेको  भन्दै बैठकले तत्काल प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष पनि निकालेको छ । 

बैठकमा अध्यक्ष ओलीले राजनीतिक स्थायित्वको आधार तयार पार्ने कुरा देश र जनताको हितमा हुने विचार व्यक्त गर्नुभयो । संविधान जारी भएपछि अहिलेसम्म देखिएका समस्यालाई मध्यनजर गरेरै  संविधान संशोधन गर्ने कुरा पश्चगमन नभएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button