नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी आवासीय तालिम शुरु
गुल्मी । नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडा, गुल्मीमा कफी नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी आवासीय तालिम शुरु भएको छ ।
कृषिमा व्यवसायिकीकरणका लागि कफी खेतीलाई विस्तार गरी उनीहरूको आम्दानी वृद्धि गर्दै जीवनस्तर माथि उकास्ने उद्देश्यसाथ तालिमको आयोजना गरिएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका संयोजक कृष्णबहादुर थापाले बताउनुभयो ।
सात दिने आवासीय तालिमको उद्घाटन गर्दै प्रदेश ५ का प्रदेशसभा सदस्य एवं विशेषाधिकार समिति सभापति कमलराज श्रेष्ठले नेपालमा कफीखेतीको प्रचुर सम्भावना भएको र यसको माग राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा दिनानुदिन बढ्दै गएको बताउनुभयो ।
रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले पछिल्लो समयमा किसान कफीखेती उत्पादनमा लागे पनि उनीहरू अझै व्यवसायतर्फ उन्मुख हुन नसकेकोले स्थानीय सरकारले कफी उत्पादक किसानका लागि अनुदानको व्यवस्था गरेर कफी खेतीमा लाग्न प्रोत्साहित गरेको जानकारी गराउनुभयो ।
तालिममा कफी विशषेज्ञले नर्सरी स्थापना, बगैँचा निर्माण, बीउ र माउबोट छनौट, बीउ सङ्कलन, ब्याड तयारी कफीमा लाग्ने रोग किराको चिनारी,कफी सङ्कलन, प्रशोधन र बजारीकरण लगायतका विषयमा सैद्धान्तिक एवं प्रयोगात्मक रूपमा तालिम उपलव्ध गराइने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्