ताप्लेजुङमा बाढीपहिरोका कारण ८१ परिवारका तिन सय ४२ जना विस्थापित
ताप्लेजुङ । ताप्लेजुङमा मनसुन सुरु भएयता ८१ घरका तिन सय ४२ जना विस्थापित भएका छन् । ताप्लेजुङ प्रहरीका अनुसार मङ्गलवार सम्ममा जिल्लाका विभिन्न स्थानका गएको बाढी पहिरोले ८१ घरका १ सय ६३ महिला र १ सय ७९ जना पुरुष गरी ३ सय ४२ जना मानिस विस्थापित भएका हुन् ।
जिल्लामा गएको पहिरोले मानवीय सहित धेरै धनसम्पतीको समेत क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायन उपरिक्षक रवि रावलका अनुसार ८ वटा घर पूर्ण रुपमा क्षति पुगेको छ भने १८ वटा घर उच्च जोखिममा र ५५ ओटा घरका जोखिममा रहेको छ ।
पहिरोका कारण जोखिममा रहेका घरका मानिसहरूलाई हाल आफन्तको घर,विद्यालय तथा खुल्ला मैदानमा व्यवस्थापन गरिएको समेत उपरिक्षक रावलका बताउनुहुन्छ । बाढी पहिरोमा परि ३ दिनकै अवधिमा ५ जनाले ज्यान समेत गुमाएका छन् । फक्ताङलुङ गाउँपालिकाको खेजेनिममा एकै परिवारका ४ जना र सिरिजंघा गाउँपालिकाको निर्माणाधीन हाइड्रोपावर कम्पनीमा कार्यरत पाँचथरका मजदुरको पहिरोमा परि ज्यान गएको हो । पहिरोमा परि दुई जना घाइते समेत भएका छन् भने उहाहरुको अवस्था हाल सुधारमा आइसकेको प्रहरीले जनाएको छ ।
बाढीपहिरोले मोटरेवल पुल दुई वटा, एउटा झोलुङ्गे पुल, एउटा निर्माणाधीन पुल र मान्छे हिँड्न बनाएको एउटा सिमेन्टेड पुल बगाएको रावलले जानकारी दिनुभयो । पहिरोले एउटा माइक्रो हाइड्रो र लिम्बू संग्राहलय तथा एक खाने पानी योजनमा पनि क्षति पु¥याएको छ । पहिरोले ४ वटा सवारी साधन, एउटा क्रसर, ९ वटा अलैँचीबारी र पहिरोका कारण ६ स्थानका सडकमा क्षति पुग्दा ३ स्थानका मात्रै सञ्चालनमा आएको छ । बाँकी ३ स्थानका सडक अझै अवरुद्ध नै रहेको प्रहरीले जनाएको छ ।
पहिरोबाट नै ८४ ओटा पशु र ३१ ओटा पशुपक्षी मरेको डिएसपी रावलले जानकारी दिनुभयो । पहिराले एउटा बाख्रा फर्म, ९ ओटा गोठमा समेत क्षति पु¥याएको छ ।वर्षाकै कारण आएको बाढीपहिरोले ताप्लेजुङका विभिन्न स्थानमा बिद्युत् आपूर्ति तथा टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । यता समितिले जिल्लाका ४१ ओटा वडा पहिरोको उच्च जोखिममा, १८ ओटा वडा मध्यम जोखिममा र २ ओटा वडामात्रै न्युन जोखिममा रहेको जिल्ला विपत ब्यवस्थापन समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्