राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकको अन्तिम मस्यौदा तयार : मन्त्री उप्रेती
काठमाडौँ । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकको अन्तिम मस्यौदा तयार गरी संसदमा लैजाने तयारी गरेको जनाएको छ ।

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा कार्यप्रगति विवरण सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारले सैनिक नियमावली संशोधन प्रक्रिया समेत अघि बढाएको जानकारी गराउनुभयो ।

नेपाली सेनाले निर्माण गरिरहेको तराइ मधेश द्रुत मार्गको ३४ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुहुँदै रक्षामन्त्री उप्रेतीले एक सय दिनको अवधिमा पाँच वटा पुल निर्माण गरिएको, ३६ वटा विभिन्न जलविद्युत आयोजनाका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ खरिदका लागि सहजीकरण गरिएको जानकारी दिनुभयो ।
मन्त्री उप्रेतीले यस अवधिमा नेपाली सेनाले प्रयोग गर्ने २५ किसिमका सैन्य सामग्रीको कर छुटका लागि पहल गरेको पनि जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्