प्रतिनिधि सभा बैठक: विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल जारी

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा पनि विनियोजन विधेयक माथिको मन्त्रालयगत छलफल जारी रहेको छ ।
विनियोजन विधेयक २०८१ अन्तर्गत आज वन तथा वातावरण, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।
विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा सांसदहरुले खानेपानी मन्त्रालयले पर्याप्त बजेट भएर पनि जनतालाई पर्याप्त मात्रामा खानेपानी पुर्याउन नसकेको भन्दै तराइ क्षेत्रका विभिन्न स्थानमा देखिएको खानेपानी समस्याका विषयमा बजेटले ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसदहरुले गिटी ढुङ्गाको दोहन रोक्नुपर्ने, वन जङ्गल संरक्षण गर्नुपर्ने, काठजन्य वस्तुमा आत्मनिर्भर बनाउने लगायतका विषयमा बजेटले ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्तै सांसदहरुले सूचना प्रविधिको क्षेत्रमा नीतिगत स्थायित्व सहित उच्च गतिको भरपर्दो र स्तरीय इन्टरनेट सेवा, टेलिफोन सेवा ग्रामीण र विकट क्षेत्रहरूमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्