तपाईँ सुन्दै हुनुहुन्छः

भोलिदेखि ललितपुरको पाटनमा श्रमाधान रोजगार मेला हुने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भोलिदेखि दुई दिनसम्म हुने श्रमाधान रोजगार मेलाको तयारी पूरा भएको जनाएको छ ।

मन्त्रालयको सभाहल सिंहदरबारमा आज पत्रकार सम्मेलन गरेर बाग्मती प्रदेशको ललितपुरमा श्रमाधान रोजगार मेला आयोजना गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

मन्त्रालयका उपसचिव एवम् मेलाका संयोजक डम्बर बहादुर सुनारले ललितपुरको पाटन क्याम्पसमा भोलिदेखि हुने मेलामा ६ वटै प्रदेशको सिकाइलाई आत्मसाथ गरेर मेला प्रभावकारी बनाउन लागिएको जानकारी दिनुभयो ।

मेलाका संयोजक सुनारले रोजगारदाताका ८० वटा स्टल रहने जानकारी दिँदै विविधतालाई समेट्ने कोसिस गरिने बताउनुभयो ।

बाग्मती प्रदेशसहित देशैभरका युवाहरू मेलामा आउने अपेक्षा राखिएको मेलामा विषयगत प्यानल छलफल र कार्यशालाहरू सञ्चालन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button