अर्थतन्त्रलाई लयमा ल्याउन सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौँ I प्रतिनिधिसभामा आजबाट बजेट माथिको सामान्य सैद्धान्तिक छलफल प्रारम्भ भएको छ ।
बैठकमा अर्थ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष.२०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।
प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले स्रोतको सङ्कुचन र दबाबबिच सन्तुलित बजेट ल्याउन सकेको र अहिले अर्थतन्त्र लयमा फर्कन थालेको बताउनुभयो ।
अर्थ मन्त्री पुनले अर्थतन्त्र लयमा आइनसकेको अवस्थामा सरकारले लयमा ल्याउनका लागि प्रयास गरिरहेको पनि बताउनुभयो ।
अर्थमन्त्री पुनले करका दरहरू सचेत भएर चलाएको भन्दै उत्पादन र उद्योग संरक्षण गर्ने नीतिलाई आत्मसाथ गरी करका दरहरू चलाएको स्पष्ट पार्नुभयो ।
समग्रमा बजेट सन्तुलित रहेको मन्त्री पुनको दाबी छ ।
निजी क्षेत्रको खस्केको मनोबल उकास्ने, देशभित्रै युवालाई भविष्य खोज्ने र अर्थतन्त्रलाई लयमा फर्काउने गरी बजेट आएको पनि उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्