तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले दाङको अधिवेशन उद्घाटन

दाङ । नेकपा एमाले दाङको १४ औ अधिवेशन घोराहीमा सुरु भएको छ । नेकपा एमाले दाङले राजनीतिज्ञ, साहित्यकार सहिद नेत्रलाल अभागीको ४१ औ स्मृति दिवसको अवसर पारेर अधिवेशन सुरु गरेको हो ।

अधिवेशनको नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको हो ।

नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता एवम् महासचिव शङ्कर पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको हो ।

अधिवेशनमा ७ सय ८८ जना प्रतिनिधि सहभागी रहेका छन् । अधिवेशनले पदाधिकारीसहित एक सय २१ सदस्यीय कमिटी चयन गर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button