तपाईँ सुन्दै हुनुहुन्छः

एम्बुलेन्सको ठक्करबाट  बुटवलमा एक महिलाको मृत्यु, दुई घाइते

रुपन्देही । आइतबार बिहान बुटवलमा मर्निंग वाक हिंडेका महिलालाई एम्बुलेन्सले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन् ।

अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सले बुटवल९१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा बुटवल वडा नं ११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो । राजमार्ग छेउमा हिँडिरहेका उनीहरुलाई तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको र एक महिलाको घटनास्थलमै मृत्यु भएको स्थानीय रुद्र आचार्यले बताउनुभयो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ठक्करबाट अन्य २ महिला घाइते भएका छन् ।

अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुलेन्सको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले साढे ५ बजे मृत घोषणा गरेका थिए । यसैगरी उनीसँगै पैदल हिँडेका सोही ठाउँका ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button