तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिनुहुने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज (आइतबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैहुनुहुन्छ ।

मुख्यमन्त्री नियुक्ति भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उहाँले आज विश्वासको मत लिने तयारी गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

उहाँ गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

सरकार गठनमा सभामुखलाई गणना गर्दै चैत २५ मा खगराज गण्डकीको मुख्यमन्त्री नियुक्त भएको भन्दै विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्च पुग्नुभएको थियो ।

उहाँको रिटलाई खारेज गर्दै सर्वोच्चले मुख्यमन्त्री खगराजको पद थमौती गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button