तपाईँ सुन्दै हुनुहुन्छः

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी

नेपालगञ्ज। बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा आगलागी भएको छ । आइतवार दिउँसो साढे चार बजे विभागको सिटी स्क्यान रुमबाट आगो सल्किएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्रसहितको टोलीले डेढ घण्टापछि आगलागी नियन्त्रणमा लिएको वारुणयन्त्र शाखाका प्रमुख झइनबहादुर खड्काले बताउनुभयो ।अल्ट्रासाउण्ड, एक्स रे, लिन्याक मेसिन, सिटी स्क्यान लगायतका उपकरण राखिएको रेडियोलोजी विभागका कोठाहरूमा धुवाँ भरिएकाले आगलागी नियन्त्रण गर्न धेरै समय लागेको प्रमुख खड्काको भनाई छ ।

आगलागीबाट अल्ट्रासाउण्ड, एक्स रे, सिटी स्क्यान लगायतका उपकरणमा क्षति पुगेको छ । क्षति के कति मात्रामा भएको छ भन्ने यकिन भने प्राविधिक टिमले अध्ययन गरेपछि मात्रै थाहा हुने अस्पतालले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button