नेपाल भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन सम्पन्न

काठमाडौँ । नेपाल भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन चैत्र १४ गतेदेखि १६ गतेसम्म काठमाडौँमा सम्पन्न भएको छ ।
सम्मेलनमा संस्कृत विषयसँग सम्बन्धित कार्यपत्रहरू प्रस्तुत भई छलफल गरिएको थियो । सो सम्मेलनमा भारतबाट विभिन्न २३ विश्वविद्यालयबाट कुलपति, उपकुलपति, निर्देशक, तथा संस्कृत विषयसँग सम्बन्धित विभिन्न विधाका प्राध्यापकहरूका साथै नेपाल संस्कृत विश्वविद्यालयबाट कुलपति, पूर्वकुलपति, निर्देशक तथा प्राध्यापक लगायतका विद्वान्हरूको सहभागिता रहेको थियो ।
तीन दिने कार्यक्रममा कार्यपत्र एवं प्रवचन गरी करिब ४ दर्जन प्रस्तुति भएका थिए । सबै भन्दा महत्वपूर्ण कुरा नेपाल तथा भारतको मौलिक ज्ञान परम्पराको मूल प्रवाह वाहक भाषाका रुपमा रहेको संस्कृत ज्ञान परम्पराको संरक्षण र प्रवर्द्धनले मौलिक राष्ट्रिय चरित्रको संरक्षण र संवर्द्धन हुने कुरामा सहभागीहरूको जोड रहेको कार्यपत्र प्रस्तोता रघुनाथ अधिकारीले बताउनु भयो ।
कार्यक्रमको आयोजना भारतीय केन्द्रिय संस्कृत विश्वविद्यालय, नीति अनुसन्धान प्रतिष्ठान नेपाल, तथा इन्डिया फाउन्डेसनद्वारा गरिएको थियो ।









प्रतिक्रिया राख्नुहोस्