तपाईँ सुन्दै हुनुहुन्छः

आठौँ विराट गोल्ड कप बिहीबारदेखि

बेलबारी । मोरङको विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत २४ गतेसम्म हुने उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लब र भुटानको रोयल थिम्पु एफसीबीच हुने छ । रात्रिकालीन प्रतियोगिताका लागि चार वटा फ्लड लाइटको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको सबै तयारी पूरा भएको गोल्ड कप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् । गत वर्ष विजेताले रु २० लाख १५ हजार र उपविजेताले रु १० लाख ५१ हजार पुरस्कार प्राप्त गरेका थिए । अध्यक्ष शाहीका अनुसार प्रतियोगितामा १० क्लबको सहभागिता रहनेछ । नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब, आयोजकको एउटा टोलीका साथै भारत र भुटानका ‘ए’ डिभिजन क्लबसँग सहभागिताका लागि समन्वय भइरहेको छ ।

विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्ड कपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्ड कप’ राखिएको हो । गत वर्षको उपाधि विराटनगर फुटबल क्लबले जितेको थियो । विराटनगरले भारत केरलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button