तपाईँ सुन्दै हुनुहुन्छः

नहरमा डुबेर एक किशोरको मृत्यु

झापा । होली मनाएर पौडी खेल्न जाँदा कनकाई नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ । झापाको शिवसताक्षी–११ स्थित कनकाई नहरमा पौडी खेल्न जाँदा डुबेर शिवसताक्षी ११ सृष्टि टोल बस्ने १५ वर्षीय रविन श्रेष्ठको मृत्यु भएको हो । उनी सोमबार दिउँसो साढे २ बजेतिर साथीहरूसँग पौडी खेल्न गएका थिए । अरूले पनि पौडी खेलिरहेका ठाउँमा रविन पनि पौडी खेल्न गएको र नहरमा पस्ने बित्तिकै उनलाई बगाएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताउनुभयो । नहरले बगाई सोही वडाको साईफनस्थित नहरमा रहेको फलाममा अड्की लास पानीमा डुबिरहेको अवस्थामा स्थानीयले देखेर ईप्रका झिल-झिलेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button