तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले गर्मीयाम बढेसँगै शुरु भएको डढेलो र आगलागी नियन्त्रण, सडक दुर्घटना न्यनिकरण, सुशासन, भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बैठकको विशेष समयमा सांसदहरुले सुन प्रकरणमा जोडिएका सबै व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले देशभरका सहकारी र मिटरव्याज पीडितको समस्या समाधान गरी मुलुकमा सुशासनको आभास गराउन माग गर्नुभयो । 

देशका विभिन्न भागमा भइरहेका पूर्वाधार निर्माणका काम प्रभावकारी बनाइनु पर्नेमा जोड दिँदै सांसदहरुले स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकारले निर्माण गर्ने सबै खालका पूर्वाधार निर्माणका क्रममा देखिएका अनियमितता रोक्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जनतामा रहेका निराशा हटाउने गरी सरकारले काम गर्नुपर्ने, मुलुकमा उत्पादन वृद्धिमा जोड दिनुपर्ने, मूल्य वृद्धि र कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई राहत दिनुपर्ने विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले संसद्लाई प्रभावकारी बनाउन कानुन निर्माणमा ध्यान दिनुपर्ने, सङ्घीयता कार्यान्वयनसँग महत्वपूर्ण विधेयक सममा नै पास गर्नुपर्ने जिम्मेवारी पुरा गर्न ध्यान दिनुपर्ने बताउनुभयो । 

विकासलाई प्राथमिकता, भौगोलिक विकताका आधारमा अगाडि बढाउनु पर्ने, सरकारी शिक्षा र स्वास्थ्य प्रभावकारी, उपयोगी र समयानुकूल बनाउनु पर्नेमा सांसदहरुले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button