तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा मङ्गलसेन नगरपालिका प्रथम

अछाम । अछामका १० वटा स्थानीय तह मध्ये मङ्गलसेन नगरपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्य सम्पादन मूल्याङ्कनमा प्रथम स्थान हासिल गरेको छ  । 

आयोगले प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको प्रकाशित नतिजा अनुसार विभिन्न १७ वटा सूचकमा ७०. ३९ अङ्क प्राप्त गरि पालिका प्रथम भएको हो । देश भरिका २९१ नगरपालिका मध्ये ९ औँ मा रहेको मङ्गलसेन नगरपालिकाले सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तह मध्ये चौथो स्थान हासिल गरेको छ । यस्तै देश भरिका कुल ७५३ पालिकामा २९ औँ स्थान हासिल गरेको  छ ।

नेपाल सरकार बाट आ.व २०८१÷८२ का लागी आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन मूल्याङ्कन बापत प्रदेश र स्थानीय तहको अन्तिम नतिजा अनुसार पालिकाले सो स्थान हासिल गर्न सफल भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले जानकारी दिनु भयो । 

यो नतिजाले निमित्त प्रमुख प्रशासकीय अधिकृतले चलाएको पालिका पनि कार्यसम्पादन मूल्याङ्कनमा कमजोर छैनन् भन्ने प्रस्टाएको छ ।

अछामका १० स्थानीय तह मध्ये मङ्गलसेन नगरपालिकामा प्रथम भएको हो भने दोस्रोमा चौरपाटी गाउँपालिका र पुछारमा कमलबजार नगरपालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button