तपाईँ सुन्दै हुनुहुन्छः

‘विकासे कामको गुणस्तरीयतामा सरकारले कुनै सम्झौता गर्दैन’

नेपालगन्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विकासे कामको गुणस्तरीयतामा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।

राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको आज बाँकेको खजुरा क्षेत्रमा स्थलगत अनुगमन गर्दै मन्त्री ज्वालाले कुनै बहानाबाजी गरेर विकास निर्माणको काममा ढिलासुस्ती गर्न नपाइने बताउनुभयो । मन्त्री ज्वालाले यो आयोजनामा बजेट अभाव हुन नदिइने उल्लेख गर्नुभयो ।

सडक अनुगमनपछि मन्त्री ज्वालाले समयमै काम सम्पन्न हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले विकास निर्माणका काममा तीन तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । मन्त्री ज्वालाले हुलाकी सडक तराई-मधेशको ‘लाइफलाइन’ भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button