विद्यालयको बसले ठक्कर दिँदा एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत मधुवनी घर भएका वर्ष २७ को ममताज कवारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधामको वडा नंं २३ बेलामा जनकपुरधामको बा२प ७६० नम्बरको स्कुल बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकोमा उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक साइकलबाट गइरहेका बेलामा जनकपुरधामको श्रीराम बोडिङ स्कुलको बसले ठक्कर दिएको थियो ।
प्रहरीले ठक्कर दिने बस र बसका चालक नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको जनाएको छ ।
मृतकको शव पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्