तपाईँ सुन्दै हुनुहुन्छः

सुनवलमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य

नवलपरासी,पश्चिम्  । नीति तथा कार्यक्रममै समेटेर पश्चिम् नवलपरासीको सुनवल नगरपालिकाले नगरपालिकाकाको कोषबाट तलब भत्ता तथा सेवा सुविधा लिने सबैले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनु पर्ने  व्यवस्थालाई अनिवार्य गरेको छ  ।

आर्थिक वर्ष ०८०–८१ को नीति तथा कार्यक्रम अनुसार नगरका जनप्रतिनिधि,शिक्षक र कर्मचारीहरूले आफ्ना सन्तानलाई  शैक्षिक सत्रदेखि सरकारी विद्यालयमा आउँदो पढाउनु पर्ने नियम लागू गरेको हो । 

‘पहिला पहिला हामीले जहिले पनि सरकारी विद्यालयको गुणस्तर राम्रो भएन भनेर गुनासो गर्दै आइरह्यौँ तर आफू कति जिम्मेवार भनेर सायद सोचेनौकी ? यो हाम्रो दायित्व पनि हो  । शिक्षा सबैका लागि समान हो ।  त्यसैले हो अभियानले सरकारी विद्यालयको गुणस्तर पनि सुधार हुनेमा हामी विश्वस्त छौ,यसमा सबैले साथ दिनु जरुरी छ । ’ नगरप्रमुख बिमला अर्यालले भन्नुभयो ।

सुनवल नगरपालिकाले बनाएको नियम सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न  कोषेढुङ्गा साबित हुने र आम अभिभावकको पनि सामुदायिक विद्यालयप्रति विश्वास बढ्ने सुनवल ५ मा रहेको भगवती माबिका प्रधानाध्यापक बाबुराम पाण्डेले बताउनु भयो ।

नगरपालिकाको कोषबाट तलब भत्ता तथा सेवासुबिधा लिने ३ सय ६७ जना रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button