तपाईँ सुन्दै हुनुहुन्छः

अजिता हत्या प्रकरण : हत्यामा संलग्न भएको अभियोगमा पाँचजना पक्राउ

हेटौंडा । हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्यामा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँचजनालाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले हेटौंडा–११ बस्ने वर्ष २० का एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने वर्ष २४ को आशिष बल, हेटौंडा–१४ बस्ने वर्ष २१ बुद्ध लामा, हेटौंडा–९ बस्ने वर्ष १८ को सिमोन परियार र हेटौंडा–४ बस्ने वर्ष २५ को शुसिल थापा मगर रहेका छन् ।

उनीहरुले थानाभ¥याङमा ना ६ ख ६५२७ नम्बरको ट्रक भित्र भुजेलको हत्या गरेर क्याम्पाडाँडामा लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिनुभयो । घटनाको बिषयमा थप अनुसंधान जारी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button