तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा आफ्नै सवारी साधन प्रयोग गरेर ट्रायल दिन पाइने

दाङ । लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा अब सेवाग्राहीले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिन पाउने भएका छन् । 

लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयका प्रमुखसँग बसेको बैठकमा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।  मन्त्री थापाले सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमति पत्रको ट्रायल दिने क्रममा प्रयोग हुने सवारी साधन परीक्षार्थीलाई स्वेच्छाले प्रयोग गर्न दिन मन्त्रालयका सचिवसहित कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

उहाँले सेवाग्राहीलाई ट्रायल दिने क्रममा स्वेच्छाले सवारी छान्न दिने मौखिक निर्देशन दिनुभएको हो । सर्वसाधारणलाई अनावश्यक आर्थिक भार पर्ने र काम ढिलो हुने भएकाले सेवाग्राहीको सहजताका लागि यस्तो निर्णय गरिएको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button