तपाईँ सुन्दै हुनुहुन्छः

साइकल यात्रामार्फत विश्व भ्रमण गर्दै कर्णाली प्रदेशका तीन युवा

मुगु । कर्णाली प्रदेशका तिन युवाहरू साइकल मार्फत  विश्व भ्रमणमा निस्किएका छन् ।  नेपालको पर्यावरण संरक्षणका साथै  पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै नेपाल लाई विश्व सामु चिनाउने उद्देश्यले  काठमाडौँको पशुपतिनाथबाट नेपालको राष्ट्रिय झण्डा सहित साइकल यात्रा सुरु गरेका छन् । 

विश्वमा शान्तिको सन्देश फैलाउनुको साथै  नेपालको पर्यटन बिकास र पर्यावरण संरक्षणका लागि विश्व सामु  सन्देश फैलाउने उद्देश्यका साथ आफूहरू विश्व साइकल यात्रीका रूपमा आफ्नो  यात्रा तय गरेको  छायाँनाथरारा नगरपालिका वडा नं १  निवासी अजय मल्लले बताउनु भयो ।  विश्वका देशहरू बिच असमझदारी बढी लडाई , झगडा भइरहेको परिपेक्षमा  नेपाल एक शान्तिको देश भएकाले शान्तिको सन्देश विश्वभरि फैलाउने र विश्व जगतमा  सन्देश मार्फत विश्वमा शान्ती कायम रहोस्  भन्ने पनि साइकल यात्राको उद्देश्य रहेको   विश्व साइकल यात्री मल्लले बताउनु भयो ।  

विश्व साइकल यात्रामा दैलेखका  केशभ प्रसाद रिजाल र सनत प्रसाद रेग्मी सहित तीन जना युवाहरू सङ्लग्न रहेका छन् ।   नेपालको पशुपतिनाथबाट साइकल यात्रा सुरु गरि भारत, पाकिस्तान, लावस , थाइल्याण्ड, भुटान, बङ्गलादेश, चिन, लगायतका देशहरूको भ्रमण गर्ने  कार्य तालिका रहेको पनि यात्री मल्लले बताउनु भयो । यस अघि यस साइकल यात्रीको टोलिले मेचीदेखि  महाकाली सम्मको यात्रा साइकल मार्फत गरिसकेका छन्  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button