तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गम बस्तीमा एम्बुलेन्स सेवा सञ्चालन : बिरामी लाई अस्पताल पुग्न सहज

मुगु । छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामको पहलमा नगरपालिका भित्रका १४ वटै वडाका बस्तीहरूमा सेवा दिने गरी एम्बुलेन्स सेवा सञ्चालनमा  आएको छ  । नगर प्रमुखले चालक अनुमति पत्र प्राप्त गरेसँगै आफैले एम्बुलेन्स चलाएर नगरपालिका भित्रकै वडा नं ६  बालैँ बगरका  ७० वर्षीय वृद्ध बिरामी लोकबहादुर भाम र ६८ वर्षीया बिरामी हिउँकला भामको  उपचारका लागि सो एम्बुलेन्स सेवा मार्फत जिल्ला अस्पताल ठिनी पुर्‍याएर सेवा सुरु गरिएको  छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।  

यो एम्बुलेन्स सेवा निरन्तर जारी रहने  नगर प्रमुख भामले बताउनुभयो ।  आफ्नो पाँच वर्षे कार्यकाल पछि पनि नगरपालिकामा आफ्नै निजी लगानीमा पनि नगरवासीको सेवाको लागि एम्बुलेन्स सेवा पुर्‍याउने लक्ष रहेको पनि नगर प्रमुख भामले बताउनु भयो । हाल नगरपालिकाको एम्बुलेन्स चालक बिदामा रहेकाले चालक अनुमति पत्रको प्राप्ति सँगै बिहान, बेलुका र बिदाका दिनहरूमा आँपै एम्बुलेन्स  बाट बिरामीहरू अस्पताल पुर्‍याउने  लक्ष रहेको पनि नगर प्रमुख भामको भनाई छ ।  

नगरपालिकाको सुशासन अभियान अन्तरगत सरसफाई, वृक्षारोपण र बिकास निर्माणका काममा  श्रमदान  गर्दै आउनु भएका नगर प्रमुख भामले   बिहीबार बाट सञ्चालन गरेको एम्बुलेन्स सेवाले नगरपालिका भित्रका सतासी बस्तीका बिरामीहरूलाई  छिटो छरितो ढङ्गबाट  अस्पताल उपचार सेवा पाउनको लागि ठुलो राहत मिल्ने विश्वास गरिएको छ।  हाल नगरपालिका केही बस्ती बाहेक  अधिकांश बस्तीमा सामान्यतया सडक पुगेकोले  नग,पालिकाले सुरु  गरेको  एम्बुलेन्स सेवा  प्रभावकारी बन्ने बताइएको छ ।  

नगरपालिकाले सुरु गरेको एम्बुलेन्स  सेवा बाट जनताहरू उत्साहित बनेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button