तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा परी २ युवकको मृत्यु

वीरगञ्ज । वीरगन्ज कलैया सडक खण्ड अन्तरगत बाराको दुधौरा पुलमा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ ।

बाराको प्रसौनी गाउँपालिका–२ स्थित दुधौरा पुलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका २३ वर्षीय कुन्दन मेहता र कलैया उपमहानगरपालिका–१२ शितलपुरका २२ वर्षीय अभिमनु कुशवाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले बताउनुभयो ।

दुर्घटनामा मृत्यु भएका कुन्दन मेहता कलैया उपमहानगरपालिका–१३ का वडाअध्यक्ष राजेश मेहताका छोरा हुन् । कलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०३० प ४३९८ नम्बरको मोटरसाइकल गए राति १२ः१० बजे पुलमा ठोक्किएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

दुर्घटनापछि गम्भीर घाइते भएका कुन्दनको एलएस न्युरो अस्पतालमा र अभिमनुको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button