बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु
नेपालगन्ज । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
बारबर्दिया नगरपालिका–४ बैरियामा आज बाघको आक्रमणमा परी सोही ठाउँका १२ वर्षीय सुनित थारुको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले जानकारी दिनुभयो ।
बैरियास्थित जिरा सामुदायिक वनको छेउबाट हिँडिरहेको अवस्थामा थारुलाई बाघले आक्रमण गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्