२६.१३ प्रतिशत निर्यात बढ्दा ६.०६ प्रतिशतले आयात घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६.१३ प्रतिशत निर्यात बढ्दा ६.०६ प्रतिशतले आयात घटेको छ ।
आयातको तुलनामा अपेक्षित निर्यात बढ्न नसक्दा खर्बौ रुपैयाँको अन्तराष्ट्रिय व्यापार घाटा खेप्दै आएको नेपालमा केही सुधारको संकेत देखिएको हो ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म ७ खर्ब २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात ४.०४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ ।
उक्त अवधिसम्ममा २९ अर्ब २४ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात घटेको हो । आयातसँगै नेपालको वैदेशिक व्यापार घाटा पनि ६.४५ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७८ अर्ब ५२ करोड ५० लाख रुपैयाँ व्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ६ खर्ब ३७ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
नेपालबाट गत आर्थिक वर्षको पुस मसान्तसम्म ४५ अर्ब ४१ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१३ प्रतिशतले वृद्धि भएर ५७ अर्ब २७ करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको भन्सार विभागले जनाएको छ ।
यस्तो निर्यात गत बर्षको तुलनामा ११ अर्ब ८६ करोड ७२ लाख रुपैयाँले बढी हो ।








प्रतिक्रिया राख्नुहोस्