व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्यामा वृद्धि

काठमाडौँ । व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्यामा वृद्धि भएको नेपाल ट्रेड युनियन महासङ्घले (जिफन्ट) तथ्याकं सार्वजनिक गरेको छ ।
आज अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा फ्याक्टसिट सार्वजनिक गर्दै जिफन्टका उपाध्यक्ष रमेश बडालले यो वर्ष व्यक्तिगत तवरमा विदेशिनेको सङ्ख्यामा दोब्बरले वृद्धि भएको बताउनुभयो ।
रोजगारीको लागि विदेशिनेको सङ्ख्यामा २ सय ७७ प्रतिशतले वृद्धि भएपनि रेमिट्यान्स भित्रने दर कम रहेको भन्दै यस विषयप्रति सरोकारवालाको ध्यान जानुपर्ने उपाध्यक्ष बडालले बताउनुभयो ।
जिफन्टका सार्वजनिक गरेको तथ्याङ्क अनुसार व्यक्तिगत रुपमा विदेशिनेको सख्या आर्थिक वर्ष २०७५/७६ मा ९ हजार १ सय ३ जना हुँदा हाल यो संंख्यामा वृद्धि भई ६९ हजार १ सय ७७ पुगेको तथ्याङ्क छ ।
यस्तै पछिल्ला केही वर्षदेखि रोजगारीका लागि श्रमिकको आकर्षणको गन्तव्य युरोपको पहिलो गन्तव्य मुलुक रोमानिया रहेको तथ्याङ्कले देखाएको छ । गत वर्ष ७ हजार बढी रोमानिया पुग्दा यस वर्ष मात्रै १४ हजार २ सय २५ जना नेपाली श्रमिक रोमानिया गएका जानकारी दिइएको छ ।







प्रतिक्रिया राख्नुहोस्