तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

File Photo

दाङ । दाङमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

घोराही उपमहानगरपालिका ,१० झारबैराचोक नारायणपुरमा टिपरको टक्करबाट घाइते भएका  झिम्रुक गाउँपालिका ,४ प्युठानका १७ वर्ष विशाल जिसी, नौवहिनी गाउँपालिका, ६ लुङग बस्ने वर्ष १८ का सगर केसीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिनुभयो ।

हिजो साँझ नारायणपुरमा  तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख १३०७ नम्बरको टिपरले र विपरीत दिशा बाट आउँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजना घाइते हुनु भएको थियो । 

घाइते हुनु भएको जिसी र केसीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि लगिएको थियो । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उहाँ दुवै जनाको शनिवार उपचारकै क्रममा मृत्यु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button