तपाईँ सुन्दै हुनुहुन्छः

‘पर्यावरणीय संकट : आठ अर्ब मानिसको साझा चुनौती’ लोकार्पण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विशाल खड्काद्वारा लिखित पुस्तक ‘पर्यावरणीय संकट : आठ अर्ब मानिसको साझा चुनौती’ को लोकार्पण गरिएको छ ।

आज आयोजित एक कार्यक्रम मार्फत् पुस्तकको लोकार्पण गर्नुहुँदै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असरबाट अल्पविकसित राष्ट्रहरूले पाउनुपर्ने क्षतिपूर्तिबारे आगामी कोप–२८ सम्मेलनमा विषय उठाइने बताउनुभयो ।

पुस्तकमा विकसित मुलुकहरूको मुल ध्येय पर्यावरण जोगाउनु भन्दा युद्धमा लगानी गरेर मुनाफा कमाउनु रहेको ठहर गर्दै पर्यावरणीय असरबाट अविकसित र अल्पविकासशील मुलुकहरूले विकसित मुलुकबाट क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button