तपाईँ सुन्दै हुनुहुन्छः

जातीय समानताका लागि धेरै विषय सम्बोधन भएको छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय मुक्ति र वर्गीय मुक्ति अन्तरसम्बन्धित रहेकोले यसलाई सही ढंगले परिभाषित गर्न नसकिएको बताउनु भएको छ ।

नेकपाको भातृ संगठन आदिवासी जनजाति महासंघ नेपालले आज आयोजना गरेको सपथ समारोहमा अध्यक्ष प्रचण्डले कम्युनिस्टले भनेको जातीय मुक्ति जातीय साम्प्रदायिकता र जातीय संकीर्णताभन्दा भिन्न रहेको जिकिर गर्दै जातीय मुक्ति र जातीय साम्प्रदायिकताको विषयलाई एकै ठाउँमा गोलमाल गर्दा नेपालमा सामाजिक न्याय कमजोर बनेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेपालको संविधानमा केही परिवर्तन गर्नुपर्ने देखिए पनि जातीय समानताका लागि धेरै विषय सम्बोधन भएको पनि जानकारी गराउनुभयो ।

शोषण उत्पीडनमा राखिएकाहरुलाई विशेष अधिकारसहित अगाडि ल्याउने बातावतारण नबनाएसम्म समानताको कुरा गर्नु भ्रममात्र हुने प्रचण्डको भनाई छ ।

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले संविधानले सबैको अधिकार सुनिश्चित गरेकाले कार्यानयनमा लैजानु पर्नेमा जोड दिनुभयो ।

शुरेस आले मगरको संयोजकत्वमा नेकपाको भातृ संगठन आदिवासी जनजाति महासंघ नेपाल गठन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button