तपाईँ सुन्दै हुनुहुन्छः

बाँके सहित चार जिल्लामा ४ गते सार्वजनिक बिदा

बाँके । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा भोलि (सोमबार) चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

छठ मनाउने बढेपछि छठको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले पहिलो पटक सार्वजनिक बिदा दिएको हो । जसअनुसार सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचनामार्फत जानकारी दिएको हो ।

गृहमन्त्री स्तरीय प्रस्ताव बमोजिम लुम्बिनी प्रदेश सरकारबाट निर्णय भएकोले उक्त दिन सार्वजनिक बिदा दिइएको उपसचिव खिमानन्द ज्ञवालीद्वारा सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button