तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका दुई स्थानमा एनसेलको टावरमा आगलागी

सल्यान । सल्यानका दुई स्थानमा एनसेलको टावरमा आगलागी भएको छ । जिल्लाको शारदा नगरपालिका १३ लेखटाकुरा र बनगाड कुपिन्डे नगरपालिका ४ देउलीमा रहेको एनसेलको टावरमा गएराती आगलागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आगलागीबाट झेनेरेटरको तार र बितिएसको तार जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । आगलागी कसले गरेको भनेर भन्न नसकिने उहाँको भनाई छ । आगलागी गर्नेको खोजी कार्य भईरहेको खतिवडाले बताउनुभयो ।

यस्तै आगलागी भएको स्थानको टावरमा झुन्ड्याएर राखिएको शंकास्पद बस्तु विस्फोटक पदार्थ नभएको प्रहरीले बताएको छ । आगलागी भएका स्थानमा शंकास्पद बस्तु भेटिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button