बाँकेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
नेपालगञ्ज। बाँकेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ कृषि बजार चोकस्थित सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ख २४३२ नम्बरको ट्रकले गएराती पैदल यात्रीलाई ठक्कर दिएको थियो । करिब ३०-३२ वर्षका मृतक पुरुषको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
ट्रकको ठक्कर लगत्तै उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । ट्रक र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्