एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा खनाल
सिन्धुपाल्चोक। नेकपा (एकीकृत समाजवादी )को जिल्ला अध्यक्षमा बिनोद खनाल चयन हुनु भएको छ ।
नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटीको बैठकले जिल्ला कमिटी पुनर्गठन गर्दै अध्यक्षमा विनोद खनाल, उपाध्यक्षमा अनिता लामा, सचिवमा कुमारराज घतानी, उपसचिव तथा १नं क्षेत्रीय कमिटीको संयोजकमा नरेन्द्र खड्का, उपसचिव तथा प्रचार विभाग प्रमुखमा ईश्वरीप्रसाद अधिकारीलाई चयन गरेको जानकारी निवर्तमान अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो ।
त्यसै गरि २ नं क्षेत्रीय संयोजकमा रामलाल विक(सुदीप ), २(ख) संयोजकमा कामी सुनार, २(क) संयोजकमा रामप्रसाद चाैलागाई, १ (क) संयोजकमा मेहरमान विक, १(ख) संयोजकमा यज्ञराज न्यौपानेलाई जिम्मेवारी दिएको छ ।
बैठक नेकपा (एकीकृत समाजवादी )का पार्टी उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज गङ्गालाल तुलाधरकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।






प्रतिक्रिया राख्नुहोस्