दीपावली खुल्ला टी ट्वान्टी क्रिकेटको उपाधि धरान क्रिकेट क्लबलाई
धनकुटा । धनकुटामा सम्पन्न दीपावली खुल्ला टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि धरान क्रिकेट क्लब सुनसरीले हात पारेको छ ।

आइतबार भएको फाइनल खेलमा एकता क्रिकेट क्लब ७० रनले हराउँदै धरान क्रिकेट क्लबले उपाधि हात पारेको हो । धनकुटास्थित तल्लो टुँडिखेलमा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको धरानले पुरै २० ओभर खेल्दै एकतालाई १ सय ९९ रनको लक्ष्य दिएको थियो । जवाफमा एकताले १६ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय २९ रन मात्र बनाउन सक्यो ।
एकतालाई सस्तैमा समेट्न धरानका रोशन पुरी र योगेन आरडिले ३/३, आलम शेखले २, तथा रोशन शाह र सुमिन शाहले १/१ विकेट लिए । यस्तै एकताका सन्तोष थापाले ३, सुवास अधिकारी र त्रिजन राईले २/२ तथा उत्सव उदास र रोशन श्रेष्ठले १/१ विकेट लिए ।
धनकुटा क्रिकेट संघ तदर्थ समितिको आयोजनामा बिहीबारबाट देखि सुरु भएको प्रतियोगिता धनकुटा, सङ्खुवासभा र सुनसरीका ५ टोली सहभागी रहेका थिए । विजेता तथा उपविजेता टिमले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।








प्रतिक्रिया राख्नुहोस्