विद्युतीय व्यापार विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले विद्युतीय व्यापार विधेयक, २०८० पारित गरेको छ ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पेश गर्नुभएको विद्युतीय व्यापार विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा समय लिएर बोल्दै सांसदहरुले प्यालिस्टाइनी सशस्त्र समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे सदनलाई जानकारी गराउन तथा सकुशल रिहाको लागि सार्थक पहल गर्न सरकारसँग माग गर्नुभयो ।
यस्तै सांसदहरुले चाडपर्वका बेला बजारमा चिनी लगायतका दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन र उपभोग्य बस्तुको कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्नका लागि सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरूले मर्यादाक्रम सम्बन्धी विधेयकमा देखिएका त्रृटीहरु सच्याउन माग गर्नुका साथै शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात लगायतका क्षेत्रमा देखिएका समस्याहरूको समाधान खोज्न पनि ध्यानाकर्षण गराउनुभयो ।
यस अघि राष्ट्रिय सभाको आजको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिकाका सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापार विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्