सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा
कञ्चनपुर ।सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । इजरायल-प्याल्स्टाइन युद्धमा परी १० जना विद्यार्थीको निधन भएपछि विश्ववियालयले आज शोक बिदा दिएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना विद्यार्थीको प्यालेस्टाइनको हमास समूहको आक्रमणमा परी निधन भएको छ।
एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए । यही असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले उक्त स्थानमा आक्रमण गर्दा उनीहरुको निधन भएको हो ।







प्रतिक्रिया राख्नुहोस्