तपाईँ सुन्दै हुनुहुन्छः

फोहर मैलालाई स्रोतमा बदलौँ : मुख्यमन्त्री चौधरी

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले फोहर मैलालाई स्रोतको रुपमा उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले फोहर मैलाको पुनः प्रयोग र प्रशोधनबाट आयआर्जन गर्न सकिए आर्थिक विकास र समृद्धिमा सघाउने बताउनुभयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा लुम्बिनीमा भएको फोहर मैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उपर प्रदेश स्तरीय परामर्श कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

‘फोहर मैलाबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण र फोहरमैलाको प्रभावकारी व्यवस्थापन गर्न प्रदेश सरकारले योजना बनाएर काम गर्नेछ’ मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘त्यो अभियानमा सरकार लाग्छ ।’ उहाँले कानुनको मस्यौदा तयार गर्दा स्थानीय सरकार, प्रदेश सरकार र स्थानीयसँग छलफल गरेर ल्याउनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री चौधरीले छलफलमा उठेका सुझावहरूलाई समावेश गरेर केन्द्र सरकारले कानुन बनाउने आशा पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button