२४ घण्टादेखि थुनिएको कास्कीको किम्रोङ खोलामा पानी बग्न थाल्यो

पोखरा । माथिबाट खसेको पहिरोको कारण २४ घण्टादेखि थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलामा पानी बग्न थालेको छ ।
शनिबार पहिरो खसेपछि थुनिएको किम्रोङखोलामा बिस्तारै पानी बग्न थालेको स्थानीयवासीले जानकारी दिए । थुनिएको खोलामा पानी बग्न थालेपछि तत्काललाई ठूलो क्षति हुनबाट जोगिएको छ ।
लामो समयदेखि थुनिएको खोलाको पानी बग्न थालेपछि मोदी खोलाको बहाव बढेको छ ।
प्रतिक्रिया राख्नुहोस्