तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा सात दलको बैठक आह्वान, बालुवाटारमा एमाले अध्यक्षसँग भेटघाट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाउनु भएको छ । 

चीनबाट फर्किए लगत्तै विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरी प्रधानमन्त्री प्रचण्डले आजै सात दलका नेताहरूको बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले सात दलको बैठक बिहान ११ बजे बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

यसअघि अज बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको चिन भ्रमण, प्रतिनिधि सभा बैठक लगायतका विषयमा छलफल भएको पनि प्रधान मन्त्री प्रचण्डका प्रेस संयोजक शर्माले जानकारी दिनुभयो ।

छलफलमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौला र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मुख्य सचेतक हितराज पाण्डे लगायतका नेताहरूसँग सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button