तपाईँ सुन्दै हुनुहुन्छः

एसिया कप : पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौँ । साविक विजेता श्रीलंका एसिया कप–२०२३ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको रोमाञ्चक सुपर–४ खेलमा श्रीलंकाले पाकिस्तानलाई २ विकेटले पराजित गरेको हो ।

श्रीलंकालाई अन्तिम २ बलमा ६ रन आवश्यक थियो । अर्को बलमा चारिथ असालान्काले चौका र अन्तिम बलमा २ रन लिएर टोलीलाई रोमाञ्चक जित दिलाए । श्रीलंका ११ औं पटक एकदिवसीय एसिया कपको फाइनलमा पुगेको छ ।

उपाधिका लागि सेप्टेम्बर १७ मा कोलम्बोमा श्रीलंकाले भारतको सामना गर्नेछ ।

कोलम्बोको आर प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । डीएलएस पद्धति अन्तर्गत श्रीलंकाले २५२ रनको लक्ष्य मात्र पाएको थियो । श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाएर जित निकालेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button