तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय  धरापमा परी महिलाको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका ३ कि एक महिलाकोविद्युतीय  धरापमा परी मृत्यु भएको छ । जंगली जनावरका लागि थापेको बिधुतिय धरापमा परि स्थानिय मन्जु कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो ।

गएराती उनलाई गम्भीर अवस्थामा उद्धार गरि उपचारका लागी माया मेट्रो अस्पताल पुर्याए लगत्तै मृत्यु भएको बताईएको छ ।
विद्युतीय  धराप राख्ने स्थानीय जंगीलाय चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जंगली जनावरबाट धानवाली जोगाउन भन्दै चौधरीले खेतको आलीमा विद्युतीय धराप राखेको पाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button