प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान भएको छ ।
संघीय संसद् सचिवालयमा आज बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित व्यक्ति नियुक्ति हुन अनुपयुक्त लागेमा स्पष्ट आधार तोकी मर्यादित भाषामा उजुरी हाल्न १० दिनको म्याद दिने निर्णय गरेको हो ।
समितिले सर्वसाधारणलाई जानकारी दिने र न्यायाधीशमा सिफारिस व्यक्ति नियुक्त हुन अनुपयुक्त लागेमा उजुरी दिन सरकारी सञ्चार माध्यमबाट सूचना प्रसारण गर्ने निर्णय गरेको छ ।
ओखलढुङ्गा घर भएका शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्