फरार व्यक्ति २३ वर्षपछि पक्राउ

रुकुम पश्चिम । रुकुम पश्चिममा कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँख घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १६ लेटार बस्ने ४२ वर्षीय हरिशचन्द्र पाण्डेलाई पक्राउ गरेको हो ।
पाण्डेलाई रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णु कुमार श्रेष्ठका अनुसार घोराही १६ लेटारमा लुकीछिपी बसेको अवस्थामा पाण्डेलाई पक्राउ गरिएको हो । प
पाण्डेलाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत काठमाडौँले २०५७ साल साउन ६ गते ८ बर्ष ७ महिना कैद सजाय फैसला गरेको थियो । त्यसयता फरार रहेका पाण्डेलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरिएको हो ।







प्रतिक्रिया राख्नुहोस्