गोलभेँडाको मूल्य बढेपछि किसान उत्साहित

धनकुटा । गोलभेँडाको मूल्य बढ्न थालेपछि किसान उत्साहित भएका छन् ।
पछिल्लो केही दिनयता गोलभेँडाले मूल्य वृद्धि भएको छ । जसले गर्दा कृषकले अहिलेसम्म कै उच्च मूल्यमा बिक्री गर्न पाएका छन् ।
धनकुटामा बुधबार किसानहरुले बारीमा एक सय रुपैयाँमा बिक्री गरेको जनाएका छन् । केही समयअघि ५ देखि ७ रुपैयाँमा बिक्री गरेका किसानले अहिले १ सय २० रुपैयाँमा विक्री गरिरहेको किसान धनकुटाका कृषक मातृका राईले बताउनुभयो । बजारमा मूल्य बढेसँगै नेपाली किसानले गोलभेँडाको उचित मूल्य पाउन थालेका छन् ।

यसअघि, बजारमा भारतीय गोलभेँडाको बढी आपूर्ति हुँदा नेपाली किसानले आफूले उत्पादन गरेको गोलभेँडाको उचित मूल्य पाउन सकेका थिएनन् । तर, पछिल्ला केही दिनदेखि लगातार बढिरहेका गोलभेँडाको मूल्यका कारण नेपाली कृषकहरूले राहतको महसुस गरेको छन् ।
जिल्लाको धनकुटा बजारमा बुधवारको बजार मूल्य १ सय २५ देखि एक सय ५० रुपैयाँमा बिक्री भइरहेको व्यवसायी सुशील शाहले बताउनुभयो । यो मूल्य अहिलेसम्मकै उच्च मूल्य रहेको जिल्लाको उहाँले बताउनुभयो । पछिल्लो समय लगातार उकालो लागिरहेका गोलभेँडाको मूल्यका कारण किसान आशावादी छन् ।

मूल्य निकै कम हुँदा लागत उठाउन मुस्किल भएको र अहिले केही सहज भएको किसानले बताएका छन् । अहिले भारतबाट टमाटर नेपाल नभित्रिएकाले कृषकले उचित मूल्य पाएका हुन् ।
धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिका लगायतका क्षेत्रमा गोलभेँडाको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानामगरले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्