तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जका ६ जनाको भारतमा भएको कार दुर्घटनामा मृत्यु

नेपालगन्ज। नेपालगन्जको त्रिभुवन चोकका ६ जनाको भारतमा भएको कार दुर्घटनामा मृत्यु भएको छ ।

भारतको श्रावस्ती भन्ने ठाउँमा कार दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । शनिबार नेपाली समय अनुसार साँझ साढे ६ भएको कार दुर्घटनामा नेपालगन्जका व्यापारी घरानाका दुई परिवारका गरी ६ जनाको मृत्यु भएको हो ।

नेपालगन्ज त्रिभुवन चोकस्थित एसकुमार वाचका सञ्चालक सन्तोष कुमार गुप्ताका छोरा र छोरी, नेपालगन्ज सदरलाइनस्थित हरि ओम मेडिकलका वैभव गुप्ताका छोरा- बुहारी र दुई नातिनीको मृत्यु भएको छ । ६ जनाको मृत्युपछि त्रिभुवन चोक शोकमा डुबेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button