सन् २०२३ मा रूसले दुई लाख तीस हजारभन्दा बढी सैनिक भर्ना
मस्को। मस्कोको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले यस वर्षको सुरुदेखि नै रूसले दुई लाख ३० हजारभन्दा बढी थप सैनिक भर्ती गरेको बताउनुभएको छ ।
“रूसले जारी युक्रेनी प्रतिआक्रमणलाई रोक्न र द्वन्द्वको समयमा कब्जा गरेको क्षेत्रहरू कब्जा गरिरहन चाहन्छ त्यसैले मस्कोले यस वर्ष जनवरी १ देखि अगष्ट ३ सम्म आक्रामक शैलीमा सैन्य भर्ती अभियान सञ्चालन गरेको छ,” उहाँले भन्नुभयो ।
सन् २००८ देखि २०१२ सम्म रूसी राष्ट्रपति रहेका मेदभेदेवले भन्नुभयो, “कूल दुई लाख ३१ हजारभन्दा बढी लाई सैनिक करार सेवाका लागि स्वीकार गरिएको छ ।”
गत सेप्टेम्बरमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘आंशिक’ सैन्य परिचालनको घोषणा गर्नुभएको थियो, जुन दोस्रो विश्वयुद्धपछि पहिलो घटना हो ।
दोस्रो परिचालन अभियानको घोषणा गर्न अनिच्छुक मस्कोले रूसीहरूलाई वित्तीय प्रोत्साहनको साथ आकर्षित गर्ने आशामा यसको सट्टा एक विशाल सार्वजनिक सम्बन्ध निर्माण अभियानको विकल्प रोजेको छ ।
अधिकारीहरूले उनीहरूको लक्ष्य सार्वजनिक गरेका छैनन् तर विभिन्न अनुमानहरूले मस्कोले चार लाख स्वयंसेवकहरू भर्ती गर्ने प्रयास गरिरहेको हुन सक्ने बताएका छन् ।
रक्षामन्त्री सर्गेई शोइगुले गत वर्ष रूसको सेनाको सङ्ख्या बढाएर १५ लाख पु¥याइने बताउनुभएको थियो ।एएफपी








प्रतिक्रिया राख्नुहोस्