तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री शाह र बङ्गलादेशी राजदूत चौधरीबिच भेटवार्ता

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नेपालका लागि बङ्गलादेशी राजदूत सलाहुद्धीन नोमन चौधरीबिच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरूबिच आपसी हित तथा विकास लगायतका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा मुख्यमन्त्री शाहले जलविद्युत् परियोजना लगायतका विकासका क्षेत्रमा लगानी गर्न राजदूत चौधरीलाई आग्रह गर्नुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव धिरेन्द्र शाहीले बताउनुभयो । राजदूत चौधरीले सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, व्यापार, शिक्षा लगायत क्षेत्रमा बङ्गलादेशले सहयोग गर्न चाहेको बताउनुभएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button