तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एसको केन्द्रीय, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले यही साउन १६ गतेदेखि २१ गतेसम्म गर्ने भनेको पार्टीको केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित भएको जनाएको छ ।

उक्त बैठकका लागि केही आवश्यक तयारी नपुगेकाले अनिश्चितकालका लागि ती बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकको अर्को मिति केन्द्रीय सचिवालयको बैठकले तय गर्ने छ । यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button