तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा मध्य साउनसम्म ३० प्रतिशत मात्र रोपाइँ

नेपालगञ्ज । गत वर्ष सुख्खा क्षेत्र घोषणा गरिएको बाँकेको नरैनापुर गाउँपालिकामा यस वर्ष पनि मध्य साउनसम्म ३० प्रतिशत मात्र रोपाइँ भएको छ । पर्याप्त वर्षा हुन नसकेका कारण रोपाइँ प्रभावित भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

बाँकेका अन्य पालिकामा ५५ देखि ७५ प्रतिशतसम्म रोपाइँ भए पनि नरैनापुर गाउँपालिकामा पानी अभावका कारण अहिलेसम्म ३० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख शकिल अहमदले जानकारी दिनुभयो ।

नरैनापुरमा बोरिङ भएका क्षेत्रहरूमा मात्र रोपाइँ गरिएको छ । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेका कारण पर्याप्त बर्षा नहुँदासम्म रोपाइँ प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button